• Trending:

१५ सय मिटर दौंडमा मुकेश र फूलमतिलाई स्वर्ण

१५ सय मिटर दौंडमा मुकेश र फूलमतिलाई स्वर्ण

Economist Nepal

Sat, Asoj 29 2079

१५ सय मिटर दौंडमा मुकेश र फूलमतिलाई स्वर्ण


२९ आश्विन २०७९, शनिबार

Fulmati Mukesh

पोखरा । नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फूलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जितिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

फूलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् ।

city
ncll 2

पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे । एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन् ।

jagdamba.cement
nepal liquors

नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए । महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.