• Trending:

माओवादी अध्यक्षद्वारा भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबार अवलोकन

माओवादी अध्यक्षद्वारा भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबार अवलोकन

Economist Nepal

Sat, Asoj 29 2079

माओवादी अध्यक्षद्वारा भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबार अवलोकन


२९ आश्विन २०७९, शनिबार

DeepakShrestha Gorkha RSS 29 gorkhadarbarkoitihasbarejanakarilinuhudaiprachada2

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछि पुनर्निर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका उनले आज बिहान दरबार अवलोकन गरेका हुन् ।

nagariksangabhalakusari

गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको समेत बताए । दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए ।

city
ncll 2

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुगेका थिए । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा रहेका छन् । उनले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायीलगायतसँगको छलफललाई तीव्र पारेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.