• Trending:

आक्रमणको धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता

आक्रमणको धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता

Economist Nepal

Sat, Asoj 29 2079

आक्रमणको धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता


२९ आश्विन २०७९, शनिबार

priencess holland2022 10 15 02 44 28

काठमाडौं । अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया असुरक्षित महसुस गरेपछि राज दरबार फर्किएकी छन् ।

स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको जानकारी दिएका छन् । ‘उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,’ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना भनिन्, राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सरेकी थिइन् । गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो ।

city
ncll 2

राजकुमारीमाथि संगठित आपराधिक गिरोहबाट आक्रमण वा अपरहणको जोखिम बढेको थियो । राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उनको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवम् सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.