• Trending:

समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी

समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी

Economist Nepal

Sat, Asoj 29 2079

समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी


matpatra 1

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

आयोगका अनुसार ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको हो । प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्र छापिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै सात वटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

city
ncll 2

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.