• Trending:

ऐसेलुखर्कको बदेलमा भाइरल फैलियो, १०३ जनाको उपचार

ऐसेलुखर्कको बदेलमा भाइरल फैलियो, १०३ जनाको उपचार

Economist Nepal

Sun, Asoj 30 2079

ऐसेलुखर्कको बदेलमा भाइरल फैलियो, १०३ जनाको उपचार


३० आश्विन २०७९, आईतवार

Birami

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दशैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खानेलगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।

भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्य चौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बदेलमा उपचार शिविर सञ्चालन गरिएको छ । उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
birami 1 1

गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलिपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिविरको आयोजना गरिएको वडाध्यक्ष तामाङले बताए । कतिपय सिकिस्त अवस्थाका बिरामीलाई आफन्तले स्ट्रेचरमा बोकेर उपचार शिविरमा ल्याएका थिए । अधिकांश बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको स्वास्थ्यचौकी बाकाचोलका प्रमुख एचए दीपेन्द्र मगरले बताए ।

city
ncll 2

तीन दिनभित्र समस्याको हल नभए प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कसँगको समन्वयमा थप स्वास्थ्यकर्मी र औषधि सहित थप उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.