• Trending:

टोटनहमले शीर्ष स्थानको आर्सनलसँगको दूरी घटाउँदै

टोटनहमले शीर्ष स्थानको आर्सनलसँगको दूरी घटाउँदै

Economist Nepal

Sun, Asoj 30 2079

टोटनहमले शीर्ष स्थानको आर्सनलसँगको दूरी घटाउँदै


३० आश्विन २०७९, आईतवार

thumb 3

लन्डन । ह्यारी केनले आफ्नो क्लबका लागि चार सयौं खेलमा गोल गरेपछि टोटनहमले इङलिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले हराएको छ । यो जितपछि एन्टोनियो कोन्टेको टिमले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी छोट्याएको छ ।

केनले ५९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । त्यसपछि दोस्रो गोल पिएरे इमिले होजबर्गले ८६ औं मिनेटमा गरे । टोटनहममको १० खेलबाट २३ अंक भएको छ र तेस्रो स्थानमा छ । शीर्षमा आर्सनलको नौ खेलबाट २४ अंक छ ।
यस्तै म्यानचेस्टर सिटी २३ अंकमा दोस्रो स्थानमा छ । शनिबारका अन्य खेलमा उल्भ्सले नटिङ्घम फरेस्टलाई १–० ले हरायो । यो जितसँगै उल्भ्सले रेलिगेसन क्षेत्र छाडेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उल्भ्सको नौ अंक भएको छ । फरेस्ट भने लिग तालिकाको सबैभन्दा पुछारमा छ । यस्तै, लेस्टर सिटी र क्रिस्टल प्यालेसले गोलरहित तथा फुलहमले बर्नमाउथले २–२ को बराबरी खेले ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.