• Trending:

दीपकलाई १० हजार मिटर दौंडमा कीर्तिमानसहित स्वर्ण

दीपकलाई १० हजार मिटर दौंडमा कीर्तिमानसहित स्वर्ण

Economist Nepal

Sun, Asoj 30 2079

दीपकलाई १० हजार मिटर दौंडमा कीर्तिमानसहित स्वर्ण


३० आश्विन २०७९, आईतवार

Deepak

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाका धावक दीपक अधिकारीले १० हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

उनले कीर्तिमानी गोपीचन्द्र पार्कीलाई पछाडि पारेका थिए । गोपीले ३० मिनेट ३८ दशमलव ३२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे । यस इभेन्टमा गोपीकै नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान थियो । यो राष्ट्रिय कीर्तिमान उनले सन् २०१४ को इन्चोन एसियाडमा बनाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

१० हजार मिटरमा आर्मीकै गजेन्द्र राईले तेस्रो स्थान हासिल गरे । उनले ३० मिनेट ३९.५० सेकेन्डको टाइमिङ लिएका थिए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि दीपकले १० हजार मिटरमा काँस्य पदक जितेका थिए । जहाँ ३० मिनेट ५०.०६ सेकेन्डमा दौड पूरा गरेका थिए ।

city
ncll 2

आइतबारै ४०० सय मिटर हर्डल्सको स्वर्ण जयरानी चौधरीले जितेकी छन् । उनले १ मिनेट ०४.१४ सेकेन्डबाट स्वर्ण जितेकी हुन् । आर्मीकी धाविका जयरानीले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । उनले असारमा ४४ औं राष्ट्रिय एथलेटिक्समा १ मिनेट ७.२ सेकेन्डमा दूरी पार गरेकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १०० मिटर हर्डल्समा रजत पदक जितेकी थिइन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.