• Trending:

शताब्दी पुरुष जोशीको पार्थिव शरीर नजलाइने, अध्ययनका लागि राखिने

शताब्दी पुरुष जोशीको पार्थिव शरीर नजलाइने, अध्ययनका लागि राखिने

Economist Nepal

Sun, Asoj 30 2079

शताब्दी पुरुष जोशीको पार्थिव शरीर नजलाइने, अध्ययनका लागि राखिने

अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसरमा राखिने


३० आश्विन २०७९, आईतवार

satyamohan

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएको छ ।पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको छ । उनको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । अहिले जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यस्तै, दिउँसो साढे १२ बजेदेखि दिउँसो ४ बजेसम्म ललितपुर महानगरपालिका परिसर पुल्चोकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । ‘महानगरकै समन्वयमा उहाँको शव प्रज्ञा प्रतिष्ठानमा राखिने छलफल पनि भइरहेको छ’ जोशीका भतिज अजिरमान जोशीले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शताब्दी पुरुष सत्यमोहन जोशीको बिहान उपचारका क्रममा निधन भएको हो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुन् । उनी तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन् ।
‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.