• Trending:

भक्तपुरमा ट्याक्सीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा ट्याक्सीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

Economist Nepal

Sun, Asoj 30 2079

भक्तपुरमा ट्याक्सीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु


३० आश्विन २०७९, आईतवार

accident

काठमाडौँ । भक्तपुरको बाहाखा बजारमा ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति करिब साढे १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटर साइकल चालक नुवाकोट घर भई काठमाडौं कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका–६ को भीमसेन चोकमा सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं. को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घाइते भएका पण्डितलाई कोरियन अस्पताल ठिमीमा प्रारम्भिक थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर पुर्‍याइएको थियो । उनको उपचारका क्रममा बिहान करिब ६ बजे मृत्यु भएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ट्याक्सी चालक सुन्दर गोर्खालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.