• Trending:

ताइवान एकीकरणका लागि आवश्यक सबै विकल्पहरू प्रयोग गर्न सक्छौं : सी जिनपिङ

ताइवान एकीकरणका लागि आवश्यक सबै विकल्पहरू प्रयोग गर्न सक्छौं : सी जिनपिङ

Economist Nepal

Sun, Asoj 30 2079

ताइवान एकीकरणका लागि आवश्यक सबै विकल्पहरू प्रयोग गर्न सक्छौं : सी जिनपिङ


३० आश्विन २०७९, आईतवार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले ताइवानको प्रश्नलाई समाधान गर्ने आफ्नो नीतिलाई लागु गर्ने बताउँदै राष्ट्रिय एकताको उद्देश्यमा अडिगरुपमा अघि बढ्ने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति सीले भने, ‘ताइवानको प्रश्न समाधान गर्ने विषय चीनको हो, यसलाई चीनले समाधान गर्नुपर्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘हामी शान्तिपूर्ण एकीकरणका लागि इमानदारिताका साथ सक्दो प्रयास जारी राख्नेछौँ,’ उनले थपे, ‘तर हामी कहिले पनि शक्तिको प्रयोग गर्दैनौं भनेर वचन पनि दिँदैनौं । हामी आवश्यक सबै विकल्पहरू प्रयोग गर्न सक्छौं । यो बाहिरी शक्तिहरू र ‘ताइवानको स्वतन्त्रता खोज्ने केही पृथकतावादी र तिनीहरूका पृथकतावादी गतिविधिहरूको हस्तक्षेपप्रति केन्द्रित रहेको छ, यो हाम्रो ताइवानी समकक्षीप्रति लक्षित छैन ।’

city
ncll 2

उनले इतिहासका पाइलाहरू चीनको एकीकरण र चिनियाँ राष्ट्रको कायाकल्पतर्फ अघि बढिरहेको जिकिर गरे । ‘देशको पूर्ण एकीकरण हासिल गर्नुपर्छ र यो निःसन्देह पुरा हुनेछ,’ उनले भने, ‘हामीले ताइवानका समकक्षीको सधैँ सम्मान र ख्याल राखेका छौँ र उनीहरूको हितको पक्षमा काम गरेका छौँ । हामी प्रायद्वीपभर आर्थिक र सांस्कृतिक आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्न जारी राख्नेछौं ।’ सिन्ह्वाबाट

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.