• Trending:

पूर्वमन्त्री किसान श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने

पूर्वमन्त्री किसान श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने

Economist Nepal

Sun, Asoj 30 2079

पूर्वमन्त्री किसान श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने


३० आश्विन २०७९, आईतवार

kishan shrestha

बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बार निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कमुार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन् ।

उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा रहेकोले आफूलाई मतदान गर्न नपाउने भएका हुन् । प्रत्यक्षतर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्रमै पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं. ४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँमै जानु पर्ने समेत आयोगले जनाएको छ

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका उनी यसपटक भने मतदान गर्न तनहुँ पुग्न नसक्ने देखिएको छ । नेता श्रेष्ठले आफू बारा आएर चुनाव लड्ने वा तनहुँमैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आफू मतदानबाट बञ्चित हुनु परेको बताए । आफ्नों क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आफूलाई नैं मत हाल्न नपाउने भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.