• Trending:

एउटै खाडलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला

एउटै खाडलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला

Economist Nepal

Sun, Asoj 30 2079

एउटै खाडलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला


३० आश्विन २०७९, आईतवार

death woman
सांकेतिक तस्वीर

दाङ । दाङमा खाडलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ । तुल्सीपुर उपमहानगरपालिका–१३ दमारगाउको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

खाडलभित्र मृत भेटिएकाहरुमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाँउ निवासी १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । उनीहरुको शरीरको केही भागमा चोट लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ । थप कुरा पोष्टमार्टमपछि थाहा हुने डिएसपी मल्लले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मृतक आचार्य र महतरा असोज २७ गतेदेखि सम्पर्कविहीन थिए । असोज २९ गते परिवारले उनीहरु हराएको खबर प्रहरीमा गरेका थिए । स्थानीयले जंगलमा गाडिएको अवस्थामा शव देखेपछि आइतबार प्रहरीलाई खबर गरेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.