• Trending:

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

Economist Nepal

Mon, Asoj 31 2079

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित


३१ आश्विन २०७९, सोमबार

udayapur cement

उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन । उद्योगमा कार्यरत मजदुरहरुको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ ।

उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराऊपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उदयपुर सिमेन्ट उद्योग राजनितिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग राजनितिक खिचातानी तथा कच्चा पदार्थ अभावका कारण बन्द हुनेछ ।

city
ncll 2

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको छ । कोइला अभाब झेल्दै आएको उद्योग सञ्चालन भएको हप्ता दिन नबित्दै पुनः बन्द हुन पुगेको हो । कोइला अभावमा असोज ९ गतेबाट सञ्चालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभाबमा बन्द हुन पुगेको हो । योसँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ ।

jagdamba.cement
nepal liquors
cement trade uniyan.jpg

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.