• Trending:

पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने, कोरियाको १५ लाख डलर सहयोग

पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने, कोरियाको १५ लाख डलर सहयोग

Economist Nepal

Mon, Asoj 31 2079

पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने, कोरियाको १५ लाख डलर सहयोग


३१ आश्विन २०७९, सोमबार

korea

पोखरा । पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया शुरु भएको छ । कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो ।

परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएको छ । पाँच दिनसम्म पोखरामा रहेको टोलीले यहाँको सार्वजनिक यातायात र यसको रुटबारे स्थलगत अध्ययन गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले पोखराका ८४ वटा बस रुटहरूमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गर्ने जानकारी दिए । तीन ठाउँमा बस टर्मिनल निर्माण गरिने छ ।

city
ncll 2

उक्त खर्चको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले जानकारी दिए । तीन चरणमा सबै काम पूरा हुने छ । पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम सक्ने योजना छ । दोस्रो चरणमा २०३० सम्म हरित यातायात प्रणालीको विकास गर्ने र तेस्रो चरणमा २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.