• Trending:

नेपाल प्रहरीको कार्यसम्पादन क्षमताले देश बाहिर पनि प्रशंसा पाएको छ : प्रधानमन्त्री

नेपाल प्रहरीको कार्यसम्पादन क्षमताले देश बाहिर पनि प्रशंसा पाएको छ : प्रधानमन्त्री

Economist Nepal

Mon, Asoj 31 2079

नेपाल प्रहरीको कार्यसम्पादन क्षमताले देश बाहिर पनि प्रशंसा पाएको छ : प्रधानमन्त्री


३१ आश्विन २०७९, सोमबार

deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् ।
आज (सोमबार) ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रियस्तरबाट पनि प्रंशसा हुने गरेको बताएका छन् ।
‘नेपाल प्रहरीको कार्यसम्पादक क्षमताका देशिभत्र मात्र नभई बाहिर पनि प्रशंसा हुँदै आइरहेको छ,’ प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्न सके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए । नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि उनको भनाइ थियो ।

city
ncll 2

उनले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे । आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउने बारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन उनले निर्देशन दिए । उनले अपराध अनुसन्धान गर्दा कसैको दवावमा नपर्न समेत आग्रह गरे ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.