
काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले स्वर्ण पदक जितेका छन् ।
पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र महिलातर्फ लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । चित्रबहाुदर ३८.४८ मिटर र संगिताले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।
पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काश्य पदक जिते । खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे ।
महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) की जीतकुमारी महतोले रजत जितिन् । उनले ३३.६० मिटर थ्रो गरिन् । त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२.३५ मिटर थ्रो गर्दै काँस्य पदक जितिन् ।
Comments
Related News






