• Trending:

गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण

गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण

Economist Nepal

Mon, Asoj 31 2079

गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण


३१ आश्विन २०७९, सोमबार

squas nineth game1665991920

काठमाडौंँ । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त सिन्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । अमृतले स्वासमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका हुन् । अमृतले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अमृतले पहिलो सेट १२–१० ले जितेका थिए । उनले दोस्रो सेट ८–११ को स्कोरमा गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा जितेका अमृत चौथो सेटमा ९–११ ले पराजित भए । निर्णायक सेटमा अमृतले ११–८ ले लिँदै स्वर्ण पदक जितका हुन् ।

city
ncll 2

यस स्पर्धामा वाग्मतीका अमिर ब्लोन र गण्डकीका दिपक थापाले काश्य पदक जिते । पुरुष टिम इभेन्टको खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीले बताए । भण्डारीका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.