• Trending:

कमेडियन अपूर्व क्षितिज पुन: पक्राउ

कमेडियन अपूर्व क्षितिज पुन: पक्राउ

Economist Nepal

Tue, Kartik 1 2079

कमेडियन अपूर्व क्षितिज पुन: पक्राउ


१ कार्तिक २०७९, मंगलवार

Apoorwa Kshitiz

काठमाडौं : प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए।

स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुर्‍याएको भन्दै उनीविरुद्ध चार वटा जाहेरी परेको थियो। यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भदौ १२ गते पक्राउ परेका उनलाई कोरोना संक्रमण भएपछि भदौ २३ गते तारेखमा छाडिएको थियो। अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुनस् हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

city
ncll 2

उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसूर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.