• Trending:

नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश

नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश

Economist Nepal

Tue, Kartik 1 2079

नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश


१ कार्तिक २०७९, मंगलवार

kp rita rawal 20221018094413

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्किएकी छन् । अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रवेशपश्चात रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताए। रावलले नेकपा (एमाले) लाई छिन्नभिन्न बनाउन सबै लागिरहेको अवस्थामा आफूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्ने धारणा राखिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेतृ रावल संविधान सभाकी सदस्य समेत थिइन् । नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ उनले नेकपा एकीकृत समाजवादीको पनि भविष्य नभएको दाबी गरिन् । देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले बताइन् ।

city
ncll 2

‘म काममा विश्वास गर्छु, लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिकतर्फको सांसद उम्मेदवारी समेत उतै छोडेर आएकी छु’उनले भनिन्, ‘जुम्लामा जन्मेर सानैदेखि अन्यायका विरूद्ध लड्नुपर्छ भन्ने मान्यतामा कम्युनिष्ट पार्टीमा लागेकी हुँ । पार्टी काममा नमूना बनेर देखाउने छु ।’ उनसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्किएका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.