• Trending:

बैतडी सुर्नयाकी १७ वर्षीया किशोरी ४० दिनदेखि बेपत्ता

बैतडी सुर्नयाकी १७ वर्षीया किशोरी ४० दिनदेखि बेपत्ता

Economist Nepal

Tue, Kartik 1 2079

बैतडी सुर्नयाकी १७ वर्षीया किशोरी ४० दिनदेखि बेपत्ता


१ कार्तिक २०७९, मंगलवार

Sirjana Lohar.jpg

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ की १७ वर्षीया सिर्जना लोहार ४० दिनदेखी बेपत्ता भएकी छन् । गत २३ भदौमा गौरा पर्वबाट हराएकी लोहार अझै फेला नपरेको उनका बुवा बिरा लोहारले बताए ।

छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरे पनि अझै पत्ता नलागेको उनको गुनासो छ । रातिको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरे पनि नभेटिएको उनकी आमा जानकी लोहारले बताइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

छोरी हराएकै मितिदेखि एक जना गाउँले युवक समेत गाउँमा नभएकाले दुवै जना भागेको आशंका गरिएको छ । तर सिर्जनाका बाबु बिरा उनीहरूबीच प्रेम रहे–नरहेको आफूलाई केही थाहा नभएको बताउँछन् । बालिका हराएको विषयमा प्रहरीमा जानकारी आएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.