• Trending:

म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण

म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण

Economist Nepal

Tue, Kartik 1 2079

म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण


१ कार्तिक २०७९, मंगलवार

game1

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् ।

मगरले २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे । प्रतियोगितामा नेपाली सेनाका धावक कृष्ण बस्नेतले २ घण्टा २३ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी रजत जित्दा सशस्त्रका सन्तोषविक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महिलातर्फ सशस्त्र प्रहरी बलकी वृन्द्राधन श्रेष्ठले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दूरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेन्डमा दूरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घण्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.