• Trending:

निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

Economist Nepal

Tue, Kartik 1 2079

निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु


१ कार्तिक २०७९, मंगलवार

KP Sharma Oli
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’ गनए आफू तयार रहेको बताएका छन् ।

अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा हुँदै आएको ‘लाइभ टेलिभिजन लाइभ’ का लागि आफू पनि तयार रहेको ओलीले बताएका हुन् । उनलले सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले यसका लागि आग्रह गरेको भन्दै आफू तयार रहेको उल्लेख गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

’सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ’, उनले भनेका छन्, ‘धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ ।’

city
ncll 2

उनले निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको बताएका छन् । ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’, उनले प्रश्न गर्दै भनेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.