• Trending:

धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा गरियो प्लास्टर

धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा गरियो प्लास्टर

Economist Nepal

Tue, Kartik 1 2079

धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा गरियो प्लास्टर


१ कार्तिक २०७९, मंगलवार

ghaite

पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् ।

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो,’ उनले भनिन्, ‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदें, त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न छाडें ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पुष्पाले ११३ औं साग गेममा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन् ।

city
ncll 2

उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् । एपीएफ क्लबमा आवद्व पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिइन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.