• Trending:

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो

Economist Nepal

Wed, Kartik 2 2079

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो


२ कार्तिक २०७९, बुधबार

ebola 1

काठमाडौं । युगान्डामा इबोला भाइरसका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ ।

पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र रातमा कर्फ्यु लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । इबोला भाइरसबाट सर्ने एक रोग हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विश्व स्वास्थ्य संगठनका अनुसार यो सङ्क्रमणबाट शुरुमा एक्कासी ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्ने र घाँटी खराब हुने देखिन्छ । यो रोगको सङ्क्रमण भएका चिम्पान्जी, चमेरो र जङ्गली मृगलगायतका जनावरसँगको निकट सम्पर्कबाट मानिसमा सर्ने गरेको डब्लूएचओले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.