• Trending:

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दाजु-भाइ र दिदी-बहिनीको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दाजु-भाइ र दिदी-बहिनीको मृत्यु

Economist Nepal

Wed, Kartik 2 2079

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दाजु-भाइ र दिदी-बहिनीको मृत्यु


२ कार्तिक २०७९, बुधबार

acci 1
फाइल फोटो

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । तेल्लाबुङबाट मैवाखोला गाउँपालिका–५ जाने क्रममा ५६५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गाडी साहु र चालक समेत रहेका मैवाखोला गाउँपालिका–५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, निजका सहोदर भाइ २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला गाउँपालिका–४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरीद्धय १७ वर्षीया छोरी लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले जानकारी दिए । घटनाको विस्तृत विवरण संकलन भइरहेकोे प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.