• Trending:

ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

Economist Nepal

Wed, Kartik 2 2079

ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने


२ कार्तिक २०७९, बुधबार

kp oli 2

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएसँगै ओलीले आज (बुधबार) दुई वटा कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा पुगेका अध्यक्ष ओलीले आज क्षेत्र नं. १ र ५ मा आयोजना हुने दुईवटा कार्यक्रमलाई सम्बोधन गर्ने नेकपा एमालेले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बिहान ११ बजे क्षेत्र नं. १ स्थित धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनेछन् । आजै दिउँसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना हुने क्षेत्र नं. ५ स्तरीय नेता तथा कार्यकर्ता भेलालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

city
ncll 2

हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । तर, आज स्वास्थ्य अवस्था ठिक भएकाले सबै कार्यक्रम यथावत सञ्चालन हुने एमालेले जनाएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.