• Trending:

आगामी निर्वाचन हाम्रा लागि जीवन–मरणको सवाल हो : प्रचण्ड

आगामी निर्वाचन हाम्रा लागि जीवन–मरणको सवाल हो : प्रचण्ड

Economist Nepal

Wed, Kartik 2 2079

आगामी निर्वाचन हाम्रा लागि जीवन–मरणको सवाल हो : प्रचण्ड


२ कार्तिक २०७९, बुधबार

prachanda 6

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘४ मंसिरमा दुइटा विचार, दुईटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुईटा विचार, दुईटा प्रवृत्ति, दुईटा धारा जे भने पनि दुईटा शक्ति आमनेसामने छन्’, अध्यक्ष प्रचण्डले भने ।

city
ncll 2

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे । प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गरे । माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।

jagdamba.cement
nepal liquors

‘हामीसँग हिजोको जस्तो फौज त छैन । हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं’, अध्यक्ष प्रचण्डले भने, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.