• Trending:

पहिरोमा ज्यान गुमाउने सदस्यको परिवारलाई प्रदेश सरकारबाट तत्काल २५ हजार राहत

पहिरोमा ज्यान गुमाउने सदस्यको परिवारलाई प्रदेश सरकारबाट तत्काल २५ हजार राहत

Economist Nepal

Wed, Kartik 2 2079

पहिरोमा ज्यान गुमाउने सदस्यको परिवारलाई प्रदेश सरकारबाट तत्काल २५ हजार राहत


२ कार्तिक २०७९, बुधबार

Jumla pahiro

सुर्खेत । कर्णाली प्रदेश सरकारले १९ देखि २४ असोजसम्म परेको अविरल वर्षाको कारण गएको पहिरोमा परी ज्यान गुमाएका सदस्यका परिवारलाई जनही २५ हजार रुपैयाँ काजकिरिया खर्च स्वरुप दिने भएको छ ।

तत्कालका लागि किरिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले परिवारलाई रकम उलब्ध गराउन लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्च बापत राहत दिन सरकारले यो व्यवस्था गरेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए । अझै १९ जना बेपत्ता छन् । हुम्लामा मात्र ६ जनाको मृत्यु भएको थियो । यसैगरी, प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरू उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य भइरहेको मुख्यमन्त्री शाहीले बताए । उनले पहिरोबाट सडकमा पुगेको क्षतिको सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.