• Trending:

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खडगे विजयी, थरुरले दिए बधाई

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खडगे विजयी, थरुरले दिए बधाई

Economist Nepal

Wed, Kartik 2 2079

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खडगे विजयी, थरुरले दिए बधाई


२ कार्तिक २०७९, बुधबार

Mallikarjun Kharge congressi1666170803

नयाँदिल्ली । भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खडगे निर्वाचित भएका छन् । सभापति पदका लागि मंगलबार भएको चुनावको नतिजामा खडगे विजयी भएका हुन् ।

करिब ९५०० प्रतिनिधिले मतदान गरेकामा खडगेले सात हजार ८९७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार निर्वाचनमा ४१६ मत खारेज भएको बीबीसी हिन्दीले लेखेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

खडगेको जितपछि दिल्लीस्थित एआईसीसी कार्यालय बाहिर उत्सवको माहोल बनेको छ । कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता पुगेका छन् । कांग्रेस पार्टीको १३७ वर्षे इतिहासमा छैटौँपटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भएको थियो । पार्टीको नेतृत्व अधिकांश समय गान्धी परिवारको हातमा र अध्यक्ष सर्वसम्मतिले चुनिएको थियो ।
शशि थरुरले दिए बधाई
कांग्रेस अध्यक्ष निर्वाचित भएसँगै खडगेलाई शशि थरुरले बधाई दिँदै एक विज्ञप्ति जारी गरेका छन् । ‘कंग्रेसको अध्यक्ष हुनु ठूलो सम्मान र जिम्मेवारी हो । म मल्लिकार्जुन खडगेजीलाई यो काममा सफलताको कामना गर्दछु’, थरुरले ट्विट गरे, ‘मेरो लागि हजारभन्दा बढी सहकर्मीहरूको समर्थन प्राप्त गर्नु महत्वपूर्ण थियो ।’

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.