• Trending:

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

Economist Nepal

Wed, Kartik 2 2079

दोहोरो अंकले घट्यो नेप्से

Naya Page

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.