
बझाङ । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जीप बुधबार दिउँसो दुर्घटना भएको हो ।
जीप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी आठ जना घाइते भएको मष्टा गाउँपालिका–१ का अध्यक्ष रामचन्द्र रोकायाले बताए । उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने उनले बताए ।
जीपमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।
Comments
Related News






