• Trending:

रुसले कब्जा लिएको युक्रेनी भूभागमा फौजी शासन लागू हुने पुटिनको घोषणा

रुसले कब्जा लिएको युक्रेनी भूभागमा फौजी शासन लागू हुने पुटिनको घोषणा

Economist Nepal

Wed, Kartik 2 2079

रुसले कब्जा लिएको युक्रेनी भूभागमा फौजी शासन लागू हुने पुटिनको घोषणा


२ कार्तिक २०७९, बुधबार

Vladimir Putin 1

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट कब्जा गरिएका चार क्षेत्रहरुमा फौजी शासन लागू गरेका छन् । उनले रुसका सबै क्षेत्रका प्रमुखहरुलाई आपतकालीन अधिकार पनि दिएका छन् ।

बिहीबार बिहानदेखि दोनेस्क, लुहान्स्क, खेर्सन र जापोरिजामा फौजी शासन लागू हुने घोषणा पुटिनले गरे। फौजी कानुनअन्तर्गत कस्ता कदम चालिनेछन् भन्ने उनले स्पष्ट पारेनन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पछिल्लो समय युक्रेनले प्रत्याक्रमण बढाउँदै लैजाँदा कब्जामा लिएका क्षेत्रमा रुसी सेना ठूलो दबाबमा छ । खेर्सनमा युक्रेनी सेनाले आक्रमण गर्ने आकलनका साथ रुसले सो क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न पनि सुरु गरिसकेको छ ।

city
ncll 2

आगामी ६ दिनमा ६० हजारभन्दा बढी मानिसलाई खेर्सनमा रुसतर्फ सारिने बताइएको छ । पुटिनको घोषणलाई रुसको संसदको माथिल्लो सदनले तुरुन्तै पारित गर्ने बताइएको छ । एजेन्सी

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.