
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन् । नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् । यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गरेर कांस्य पदक जिते ।
Comments
Related News




