• Trending:

जावलाखेलमा पुष्प मेला {फोटो फिचर}

जावलाखेलमा पुष्प मेला {फोटो फिचर}

Economist Nepal

Thu, Kartik 3 2079

जावलाखेलमा पुष्प मेला {फोटो फिचर}


३ कार्तिक २०७९, बिहीबार

Flower0 lalitpur 7

ललितपुर । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५ औँं गोदावरी पुष्प मेला शुरू भएको छ । ललितपुरको जावलाखेलमा बिहीबारदेखि शुरु भएको पुष्प मेला चल्ने छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ ।

मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् । मेलामा करिव ८० लाखको कारोवार हुने अपेक्षा रहेको उनले बताए । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा राखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अहिले फूल व्यापारको अवस्था उत्साहजनक रहेको र उत्पादनको तथा बिक्री पनि बढ्दै गएको एशोसिएसनका अध्यक्ष तामाङले बताए । कोरोनाअघि पौने तीन अर्वको बार्षिक कारोवारको आंकडा रहे पनि कोरोनाका बेला १ अर्व ६३ करोडमा व्यापार झरेको तामाङले बताए । त्यसपछि भने अघिल्लो आर्थिक वर्षमा २ अर्व बढिको कारोबार भएको र अहिले कारोवार बढ्दै गएको उनले बताए ।
हेर्नुस् तस्वीरहरु

city
ncll 2
Flower0 lalitpur 7
Flower0 lalitpur 6
Flower0 lalitpur 5
Flower0 lalitpur 4
Flower0 lalitpur 3
Flower0 lalitpur 2
Flower0 lalitpur 1
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.