• Trending:

अर्घाखाँचीमा भीरमा धकेली दिएर दाइले गरे भाइको हत्या

अर्घाखाँचीमा भीरमा धकेली दिएर दाइले गरे भाइको हत्या

Economist Nepal

Fri, Kartik 4 2079

अर्घाखाँचीमा भीरमा धकेली दिएर दाइले गरे भाइको हत्या


४ कार्तिक २०७९, शुक्रबार

latest News nayapage1 scaled

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा दाइले आफ्नै भाइको हत्या गरेका छन् । भुमिकास्थान नगरपालिका–१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।

प्रहरीका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.