• Trending:

दार्चुलामा भीरबाट लडेर युवकको मृत्यु

दार्चुलामा भीरबाट लडेर युवकको मृत्यु

Economist Nepal

Fri, Kartik 4 2079

दार्चुलामा भीरबाट लडेर युवकको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार

death

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ स्थित लिसिनी भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । शुक्रबार बिहान मैखोली अम्कुर भिटाच्युरा बस्ने ३१ वर्षीय जयदेव जोशीको मैखोली र अंकुरबीचको लिसिनी भीरबाट खसेर मृत्यु भएको हो ।

बिहानै डोका ल्याउन लेकम गाउँपालिका–२ गराडी जान्छु भनी हिँडेका जोशी लडेर भीरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् । कलिलै उमेरमा आमा गुमाएका जोशीको अल्पायुमै ज्यान गएपछि परिवार बिचल्लीमा परेको स्थानीय हरिप्रसाद जोशीले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनका अनुसार उनी रोजगारीका लागि भारतमा काम गरेर जीविकोपार्जन गर्दै आएका थिए । अहिले मृतकको उद्धार कार्य भइरहेको छ । मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.