• Trending:

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान चुनाव लड्न अयोग्य

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान चुनाव लड्न अयोग्य

Economist Nepal

Fri, Kartik 4 2079

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान चुनाव लड्न अयोग्य

Naya Page

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान चुनाव लड्न अयोग्य

काठमाडौँ पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनाव लड्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै अयोग्य घोषणा गरेको हो ।

प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खनाले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताएका थिए ।

1662378881 liz trusss 1200x560 1

यस्तो उपहार खानलले सरकार प्रमुखको रुपमा विदेशी राष्ट्रहरूबाट प्राप्त गरेका थिए । खानले आफ्नो वार्षिक सम्पत्ति आयोगमा बुझाउँदा आम्दानीको मुख्य स्रोत नखुलाएको बताइएको छ ।

पाकिस्तानी कानुन अनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ । २०२२ अगस्टमा संसद्‍का सभामुख राज पेरभाइज असरफले निर्वाचन आयोग समक्ष उपहार मामिलामा खानलाई आयोग्य घोषणा गर्न माग गरेका थिए ।

शुक्रबार आयोगले खानलाई अयोग्य घोषणा गर्ने फैसला सर्वसम्मत रुपमा गरेको हो। फैसलाअघि आयोग परिसर र वरिपरिको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.