• Trending:

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाएपछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाएपछि विकास बोर्डको पत्र

Economist Nepal

Fri, Kartik 4 2079

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाएपछि विकास बोर्डको पत्र


४ कार्तिक २०७९, शुक्रबार

dui nambari film 1536x704 1

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’ का निर्मातालाई दुई दिने स्पष्टीकरण सोधेको छ ।

फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले लिखित स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र बोर्डले सोधेको प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्र समेत काटेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बिहीबार निर्माताले दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई पुनः सम्पादनसहित रिलिज गरिएको जानकारी दिएका थिए । दिपेन्द्र लामाद्धारा निर्देशित चलचित्र तेस्रो सातामा लाग्नु अघि दृश्यहरुमा केही फरबदल गरेर पुनः चलचित्र चलाउने निर्णय गरेको थियो । चलचित्र दुई नम्बरी ब्लकवस्टर हिट भएको निर्देशक लामाले बताउँदै आएका छन् । चलचित्रले नाफा कमाएपछि निर्माण पक्षले प्रावधिकहरुलाई केही रकम सहयोग गर्ने सार्वजनिक गरेको थियो ।

city
ncll 2
dui
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.