• Trending:

‘निरमाया’ को फस्ट लुक, छुवाछूतको मुद्दा उठान

‘निरमाया’ को फस्ट लुक, छुवाछूतको मुद्दा उठान

Economist Nepal

Fri, Kartik 4 2079

‘निरमाया’ को फस्ट लुक, छुवाछूतको मुद्दा उठान


Niramaya poster.jpg

काठमाडौं । मदानी मुभिजले पदम विश्वकर्मा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘निरमाया’ को फस्टलुक र टिजर सार्वजनिक भएको छ । ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वतः बदलिनेछ’ भन्ने भाव बोकेको फिल्मले छुवाछूतको मुद्दालाई उठान गरेको छ ।

अनन्तप्रसाद तिमल्सिनाको प्रस्तुति रहेको फिल्मको निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । फिल्ममा चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको सहकार्य छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ ।

city
ncll 2

फिल्ममा रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन, रवी कोइराला र जीवन पराजुलीको छायांकन, उत्तर राना मगर र तारा थापा ‘किम्भे’ को सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको सङ्गीत तथा विनयराज पौडेलको मुख्य सहायक निर्देशन छ ।

jagdamba.cement
nepal liquors

फिल्मको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको छ । एक मिनेट ४५ सेकेन्डको टिजरले वर्षौंदेखि जरो गाडेको जातीय छुवाछूतको मुद्दालाई उजागार गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.