• Trending:

राजु गुरुङको उम्मेदवारी खारेज, अल्पकालीन आदेशले पाएन निरन्तरता (आदेशसहित)

राजु गुरुङको उम्मेदवारी खारेज, अल्पकालीन आदेशले पाएन निरन्तरता (आदेशसहित)

Economist Nepal

Fri, Kartik 4 2079

राजु गुरुङको उम्मेदवारी खारेज, अल्पकालीन आदेशले पाएन निरन्तरता (आदेशसहित)


४ कार्तिक २०७९, शुक्रबार

raju gurung

काठमाडौ । सत्ता गठबन्धनबाट रुपन्देही–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो ।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । सर्वोच्चको फैसलासँगै कालो सूचीमा नाम रहेकाले गुरुङ उम्मेदवार हुन नपाउने भएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आदेशमा भनिएकोछ, ‘अतः कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्वन्धी अयोग्यता निवेदक राजु गरुङमा कायम रहेको देखिदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ, यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन । अरु कानून बमोजिम गर्ने ।’
हेर्नुस् सर्वोच्चको आदेश

city
ncll 2
1 5
2 4
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.