• Trending:

नेपालको खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्न सक्छ : ईश्वर पोखरेल

नेपालको खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्न सक्छ : ईश्वर पोखरेल

Economist Nepal

Sat, Kartik 5 2079

नेपालको खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्न सक्छ : ईश्वर पोखरेल


५ कार्तिक २०७९, शनिबार

Ishwor Pokhrel

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकास नेकपा एमाले मात्रै गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठुल्ठुला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरे ।

उनले कीर्तिपुरको रंगशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालिका एक खेलकुदग्रामको कार्यक्रमअन्तर्गत करिब २०० पालिकामा कामको सुरुवात एमाले सरकारले नै गरेको जिकिर गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै, प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरणको थालनी पनि आफ्नै पार्टीको सरकारले गरेको उनको भनाइ छ । पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दाबी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताए । पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.