• Trending:

भारतमा १० करोड डोज खोप नष्ट

भारतमा १० करोड डोज खोप नष्ट

Economist Nepal

Sun, Kartik 6 2079

भारतमा १० करोड डोज खोप नष्ट


६ कार्तिक २०७९, आईतवार

56862824 101

नयाँदिल्ली । भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ ।

कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सीईओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज खुवाएको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसंख्याको ७० प्रतिशत भन्दा बढीले कम्तिमा दुई डोज लिएका छन् ।

city
ncll 2

जनवरी २०२२ मा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदारहरू र ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज दिन थालेको थियो । पछि यसलाई सबै वयस्कहरूमा विस्तार गरिएको थियो । जुलाईमा भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा सबै वयस्कहरूलाई ७५ दिनका लागि निःशुल्क बुस्टर डोज उपलब्ध गराइएको थियो ।

jagdamba.cement
nepal liquors

स्वास्थ्य मन्त्रालयका अनुसार भारतले अहिलेसम्म २९८ मिलियन बुस्टर डोज खुवाएको छ । ‘बुस्टर खोपहरूको कुनै माग छैन किनकि मानिसहरू अहिले कोभिडबाट दिक्क देखिन्छन्’, पूनावालाले बिहीबार सञ्चारकर्मीलाई पत्रकारहरूलाई भने, ‘इमानदारीपूर्वक, म पनि थाकेको छु । हामी सबै थाकेका छौं ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.