• Trending:

अमेरिकी सहयोगलाई निरन्तरता दिन्छौं : राजदूत थम्प्सन

अमेरिकी सहयोगलाई निरन्तरता दिन्छौं : राजदूत थम्प्सन

Economist Nepal

Sun, Kartik 6 2079

अमेरिकी सहयोगलाई निरन्तरता दिन्छौं : राजदूत थम्प्सन


६ कार्तिक २०७९, आईतवार

thampsan 20221023110128

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले नेपाललाई गर्दै आएको सहयोगमा निरन्तरता दिने बताएका छन् । गृहमन्त्री बालकृष्ण खाणसँग आज (आइतबार) बिहान गृह मन्त्रालयमा भएको भेटघाटमा राजदूत थम्प्सनले यस्तो बताएका हुन् ।

गृहमन्त्री खाँणले नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । भेटमा गृहमन्त्री खाँणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । राजदूत थम्प्सनले मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको बारेमा चासो राखेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै खाँणले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने राजदूत थम्प्सनलाई जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.