• Trending:

स्वतन्त्र उम्मेदवार हुँ भनेर किन प्रचार गरेको ?

स्वतन्त्र उम्मेदवार हुँ भनेर किन प्रचार गरेको ?

Economist Nepal

Sun, Kartik 6 2079

स्वतन्त्र उम्मेदवार हुँ भनेर किन प्रचार गरेको ?


६ कार्तिक २०७९, आईतवार

Durga banjade

अर्घाखाँची । हाम्रो नेपाली पार्टीबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका दुर्गा प्रसाद बन्जाडेलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

पार्टीको चिह्नबाट उम्मेदवार बनेका बन्जाडेले स्वतन्त्र उम्मेदवार हुँ भनेर जनतालाई भ्रममा पारेको पाइएको भन्दै आयोगले के कति कारणले कारबाही गर्नु नपर्ने हो २४ घण्टाभित्र कार्यालयमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका बन्जाडेले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरेको देखिएकोले स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । ‘उहाँले लौरो चिह्न स्वतन्त्र हो, म पनि स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार गरेको पाइयो’, जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले भने, ’जनतालाई भ्रममा पार्ने काम आचारसहिंता विपरीत हुन्छ ।’

city
ncll 2

आयोगले शिक्षक, कर्मचारी तथा पत्रकारहरुलाई समेत आचारसहिंता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । पत्रकार जितेन्द्र खत्री र सूर्यप्रसाद भुसालले आचारसहिंता विपरीत दलका उम्मेदवारलाई भोट मागेको भन्दै स्पष्टिकरण सोधिएको हो ।

jagdamba.cement
nepal liquors
is

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.