• Trending:

‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम कुनै कसर बाँकी राख्दिँन’

‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम कुनै कसर बाँकी राख्दिँन’

Economist Nepal

Sun, Kartik 6 2079

‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम कुनै कसर बाँकी राख्दिँन’


६ कार्तिक २०७९, आईतवार

prakashman singh

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।

आज यहाँ आयोजित चुनावी कार्यक्रममा उनले मुलुक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेता सिंहले प्रशासनिक प्रक्रियामा झन्झटिलो रहेको, समयमा कहीँ काम नहुने गरेको भन्ने जनताको गुनासोको अन्तः गर्नु आफ्नो प्राथमिकता रहेको बताए । राजनीतिक स्थायित्वले मात्र सुशासन कायम हुने र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने उनको भनाइ थियो ।

city
ncll 2

आगामी निर्वाचन मुलकमा राजनीतिक स्थिरता कायम गराउने र अस्थिरता चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्दै नेता सिंहले युवामा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माणमा जोड दिए । काठमाडौँको मुख्य समस्या खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जामलगायत न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू जनतामाझ आइरहेकाले विवेकपूर्ण निर्णय गर्न आममतदातालाई उनले आग्रह समेत गरे ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.