• Trending:

संयुक्त राष्ट्रसंघका सैनिक सल्लाहकार सैनिक मुख्यालय जङ्गी अड्डामा

संयुक्त राष्ट्रसंघका सैनिक सल्लाहकार सैनिक मुख्यालय जङ्गी अड्डामा

Economist Nepal

Sun, Kartik 6 2079

संयुक्त राष्ट्रसंघका सैनिक सल्लाहकार सैनिक मुख्यालय जङ्गी अड्डामा


६ कार्तिक २०७९, आईतवार

union

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालय अन्तर्गत अफिस अफ मेलेटेरी अफेयर्सका सल्लाहकार जनरल बिराम डिओपबीच सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको दुई दिने विशेष कार्यक्रममा सहभागी हुन जनरल डिओप नेपाल आएका हुन् । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानका साथै भविष्यमा समेत नेपाली शान्ति सैनिकहरूको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

छलफलका क्रममा जनरल डिओपले नेपाली शान्ति सैनिकहरूले विभिन्न शान्ति मिशनहरूमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सो को निरन्तरता हुने विश्वास व्यक्त गरे । त्यस्तै प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग तथा अवसरको लागि जनरल डिओपलाई धन्यवाद दिनुका साथै यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

city
ncll 2

साथै उनले नेपाली सेना अझ पेशेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनहरुमा खटिने कटिबद्धता व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघ मुख्यालयबाट भएको यस किसिमको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल तथा नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मुल्याङ्कन भएको विश्वास नेपाली सेनाले जनाएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.