• Trending:

टी–२० विश्वकप : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

टी–२० विश्वकप : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

Economist Nepal

Sun, Kartik 6 2079

टी–२० विश्वकप : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित


६ कार्तिक २०७९, आईतवार

kohli hardik india pakistan

काठमाडौं । आईसीसी विश्वकप टी– २० क्रिकेटमा भारतले चीरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच दुईपक्षीय सिरिज नभएको बर्षौ भइसकेको छ ।

यी दुई देशबीचको राजनीतिक लडाईंको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरुमा मात्रै खेल्दै आएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जस अनुसार आज भारत र पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

city
ncll 2

भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए ।

jagdamba.cement
nepal liquors

विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हेरिस रौफले दुई दुई विकेट लिए । पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि सान मसुदले ५२ तथा इफ्तिकर अहमदले ५१ रनको पारि खेले । अर्सदीप सिंह र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.