• Trending:

बाढी-पहिरोका कारण राष्ट्रिय विद्युत प्रशारण दुई सातादेखि अवरुद्ध

बाढी-पहिरोका कारण राष्ट्रिय विद्युत प्रशारण दुई सातादेखि अवरुद्ध

Economist Nepal

Sun, Kartik 6 2079

बाढी-पहिरोका कारण राष्ट्रिय विद्युत प्रशारण दुई सातादेखि अवरुद्ध


६ कार्तिक २०७९, आईतवार

Bijul pol

जुम्ला । असोज अन्तिम साता आएको वर्षासँगै बाढी–पहिरोले राष्ट्यि प्रशारण लाइनमा (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढी पहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

बाढी पहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्यि विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनले भने, ‘क्षति भएको स्थानमा मर्मतको काम भइरहेको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
bijuli 1

दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाउ भइरहेको जनाएको छ । यही विजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।

city
ncll 2

टोल, क्षेत्र कलष्टर मिलाएर विजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने, ‘स्थानीयस्तरमा उत्पादित विजुली कम क्षमताको छ । यो विजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्रथामिकता दिएको छ । नागरिकको घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस् भनेर पनि विजुली आपूर्ति गर्ने गरिएको छ ।’

jagdamba.cement
nepal liquors
bijuli

क्षति भएको स्थानमा विजुलीका पोल गाड्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ । सडक पनि अवरुद्ध भएकाले विद्युत सामग्री ओसारपसारमा समस्या भएको छ । उनले हप्ता दिनभित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको बताए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.