
काठमाडौं । जारी सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि होडमा अग्रस्थानमा रहेको आर्सनलले बराबरी खेलेको छ । आर्सनलको यो बराबरीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने फाइदा मिलेको छ । आर्सनल र सिटीबीचको अंकदूरी अब २ अंकमा झरेको छ ।
आइतबार राति आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेपछि सिटीसँगको अंकदूरी ४ बाट २ मा झरेको हो । खेलमा आर्सनलका लागि ११ औं मिनेटमा ग्रेनाइट जाकाले गोल गर्दै अग्रता दिलाएका थिए । तर साउथह्याम्प्टनले दोस्रो हाफमा बराबरी गर्यो ।
साउथह्याम्प्टनका लागि खेलको ६५ औँ मिनेटमा स्टुअर्ट आर्मस्ट्रागले गोल गरेपछि खेल बराबरीमा आयो । अंकतालिकामा संघर्ष गरिरहेको साउथह्याप्टनसँग बराबरी खेलेपछि सिटीलाई सजिलो भएको छ ।
यो बराबरीपछि आर्सनलले २८ अंक बनाउँदा सिटी २६ अंकसहित दोस्रो स्थानमा छ । साउथह्याम्टनले १२ अंकसहित रेलिगेशन जोनभन्दामाथि पन्ध्रौं स्थान कायम गरेको छ ।






