• Trending:

मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ

मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ

Economist Nepal

Mon, Kartik 7 2079

मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ


७ कार्तिक २०७९, सोमबार

bi2ke chori

बारा । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ । २ कात्तिकमा कलैयाको बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको २ सय २० सिसिको कालो रातो रंगको पल्सर मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लुकाएर खोलेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका–८ निवासी २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको हो । बारा प्रहरीले विभिन्न मिति र विभिन्न स्थानबाट ५ थान मोटरसाइकल र अन्य २ जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–३ बैजनागपुर निवासी २० वर्षीय राकेशप्रसाद यादव र बाराकै बारागढी गाउँपालिका–४ बस्ने २४ वर्षीय रामकिशोर हजरा रहेका छन् ।

city
ncll 2

पक्राउ परेकाहरु विरुद्ध चोरी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले बिआर ०५ ए एन २३०५, प्र २–०३–००९ प ६८९४ र ना ३५ प १३७२ नम्बरको ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.